
८ मंसिर, काठमाडौं। दुई प्रमुख कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका महासचिवले चुनाव हारेका छन् । एमालेका महासचिव शंकर पोखरेल दाङ-२ बाट पराजित भएका छन् भने माओवादी केन्द्रका महासचिव देव गुरुङ लमजुङमा पराजित भएका छन् ।
दाङ- २ मा पोखरेल माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित भए । रेखाले २६ हजार ८७७ मत ल्याएर एमाले महासचिव पोखरेललाई पराजित गरिन् । महासचिव पोखरेलले २६ हजार ६८० मत पाउँदा १९७ मतान्तरले पराजित भए ।
यस्तै लमजुङमा माओवादी केन्द्रका महासचिव देव गुरुङ एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित भए । पृथ्वीसुब्बाले ३४ हजार ९६९ मत ल्याएर विजयी हुँदा देव गुरुङले ३१ हजार ७८१ मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4