+
+

उम्मेदवार बनेका कलाकारको कस्तो छ मत परिणाम ?

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते ११:४७
राप्रपाबाट मोरङ-३ की उम्मेदवार रेखा थापा । फाइल तस्वीर

काठमाडौं । फिल्म निर्माता रोज राणा नेपाली कांग्रेसको तर्फबाट प्यूठानबाट प्रदेशसभामा निर्वाचित भएका छन् । प्यूठान प्रदेशसभा २ बाट निर्वाचित भएका हुन् ।

अर्का फिल्म निर्माता मदुकुमार श्रेष्ठ धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट कांग्रेसबाट निर्वाचित भएका छन् ।

राप्रपाबाट मोरङ क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी अभिनेत्री रेखा थापा जारी मतगणनामा तेस्रो स्थानमा छिन् । उनले हालसम्म ६ हजार २९१ मत ल्याएकी छन् । रेखाको क्षेत्रमा कांगे्रेस उम्मेदवार सुनिलकुमार शर्माले २६ हजार ४४१ मतसहित अग्रता लिइरहेका छन् । त्यहाँ एमालेका भानुभक्त ढकाल सुरुदेखि नै दोस्रो स्थानमा छन् ।

कमेडियन हिमेश पन्त धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन् । जारी मतगणनामा उनी तेस्रो स्थानमा छन् । उनले हालसम्म ८ हजार ७३ मत ल्याएका छन् । यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अग्रता लिइरहेका छन् ।

एमालेबाट दाङ क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी गायिका कोमल वली जारी मतगणनामा दोस्रो स्थानमा रहेर कांग्रेसका दीपक गिरीलाई पछ्याइरहेकी छन् । पछिल्लो मत परिणाम अनुसार उनले १० हजार ७९१ मत ल्याएकी छन् ।

काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका गायक सञ्जय श्रेष्ठले जम्मा ५७७ मत ल्याए । राप्रपाले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिएका अर्का कलाकार मधुसुदन पाठक (सिते बा)ले जम्मा ३६४ मत ल्याउन सके ।

अन्य केही कलाकार समानुपातिकतर्फको सूचीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?