
८ मंसिर, रौतहट । रौतहट क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसका नागेन्द्र साह विजयी भएका छन् ।
उनले नेकपा एमालेका राजकिशोर यादवलाई पराजित गरेका हुन् । साहले १० हजार ५०२ मत पाउँदा एमालेका यादवले ८ हजार ८६३ मत पाए ।
यस क्षेत्रको प्रदेशसभा (२) तर्फ कांग्रेसकै कृष्णप्रसाद यादव विजयी भएका छन् । उनले १२ हजार ४८९ मत ल्याउँदा राजेशकुमार चौधरीले ११ हजार ४ सय मत ल्याए ।
प्रतिनिधिसभामा यस क्षेत्रबाट नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल ३३ हजार ५२२ मत ल्याएर विजयी भएका छन् । उनले नेकपा एमालेका अजयकुमार गुप्तालाई पराजित गरेका हुन् । गुप्ताले २६ हजार ९२२ मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4