+

युवापुस्ताको मनोदसा : अधैर्य र महत्वकांक्षी

२०७९ मंसिर  ८ गते १३:२६ २०७९ मंसिर ८ गते १३:२६
युवापुस्ताको मनोदसा : अधैर्य र महत्वकांक्षी

अहिलेका युवापुस्ता वा भनौं हाम्रो पुस्ता सानो कुरामा पनि धेरै घोत्लिने गर्छन् । हदभन्दा बढी नै सोच्ने प्रवृत्ति छ । कुनै समस्या आइलागेमा एक्लै बसेर सोच्न थाल्छन् । आफ्नो कुरा अरुलाई सुनाउँदैनन् । यही कारण उनीहरुको मनोदशा विग्रदो छ ।

कुनैपनि कुरा एकोहोरो सोचेर मात्र त्यसको समाधान खोज्न सकिदैन । कतिपय कुरा साथीभाई, आफन्त, आमाबुवा, दाजुभाईसँग साझेदार गर्नु उत्तम हुन्छ । यसरी खुलेर कुरा गर्दा आफुलाई पनि हल्का एवं सहज हुन्छ ।

यसैगरी अहिलेका पुस्ता हडबडे र हतारमा छन् । कुनै काम गरेपछि तुरुन्तै त्यसको नतिजा खोज्नतर्फ लाग्छन् । अर्थात उनीहरुमा धैर्यता छैन । सानै अप्ठ्यारासँग जुध्न परेमा वा सानोतिनो असफलतामा भोग्नु परेमा विस्मयको सुस्केरा हाल्छन् । यो युवाका लागि सुहाउने कुरा होइन ।

सही चिन्तन, सार्थक कर्म, अविछिन्न मिहेनत, दीर्घ धैर्यता एक अनिवार्य गुण हो, युवाका लागि ।

युवाहरुमा महत्वकांक्षा पनि एकदमै उच्च देखिन्छ । युवासँग पुरा हुनै नसक्ने चाहनाहरु छन् । व्यावहारिक ज्ञानको कमी छ । अझ साझा समस्याको कुरा गर्ने हो भने अरुसँग तुलना गर्ने चर्काे होडबाजी छ । अरुले गरेको कार्य राम्रो देख्ने र ‘उसले त कति छिटो प्रगति ग¥यो, मैले केही गर्न सकेकी-सकेको छैन’ भन्ने सोच्न थाल्छन् । यतिबेला उनीहरुले आफुलाई कमजोर, अभागी ठान्छन् । आफैलाई दोषी देख्न थाल्छन् । यही मनोवृत्तिको कारण कुनै पनि नयाँ प्रयास नगर्ने, नयाँ काम नगर्ने र बाहाना बनाउने प्रवृत्तिको विकास हुनपुग्छ । अतः केही गर्नुपर्छ भनियो भने ‘मैले त कति गर्दा पनि भएन’ भन्दै पन्छिन थाल्छन् ।

जब आफ्नो कार्यलाई दृढतापूर्वक निरन्तरता दिन नसक्ने बानी बस्छ र अनावश्यक कुराहरुको लत लाग्दै जान्छ, तब मान्छे आफु अझ कमजोर हुँदै गएको महसुस गर्छ ।

म को हुँ, मेरो रुची र क्षमता के हो, मेरो खुबी के हो, मेरो लक्ष्य के हो ? यस्ता कुरामा युवाहरु घोत्लिदैनन् । आफुसँग जे छ त्यसैमा सन्तोष मान्ने र रमाउने अभ्यास पनि छैन । उनीहरु आफुलाई भन्दा अरुलाई बढी देख्छन् । अरुलाई हेरेर आफुसँग तुलना गर्छन् । अनि देखासेखीमा केही गर्न खोज्छन् । यसरी आफुलाई हेरेर होइन अरुलाई हेरेर केही गर्न खोज्दा त्यो राम्रो नतिजा दिदैन ।

एकले अर्कालाई सहयोग गर्ने, सम्मान गर्ने गुण अहिलेका युवापुस्ताले गुमाइसके । उनीहरु आफु केन्द्रित भए र सबै कुराको विश्लेषण आफुलाई केन्द्रमा राखेर गर्ने बानी बस्यो । युवाहरु यही बानीले गर्दा अहिले बढी खिचातानी, अनावश्यक होडबाजी, देखासेखी चलेको छ ।

सञ्जु पौडेल

उनीहरु छिटै सफल हुन चाहन्छन् । छिटै धनी बन्न चाहन्छन् । छिटै लोकप्रिय बन्न चाहन्छन् । छिटै प्रतिष्ठित हुन चाहन्छन् । त्यो सफलता, प्रतिष्ठा, धन र लोकप्रियता आर्जन गर्न कति कठिन संघर्ष गर्नुपर्छ भन्ने कुरामा कुनै हेक्का छैन । फगत उनीहरुलाई आफु सफल, धनी हुनुपरेको छ ।

यही किमिसको मनोविज्ञानले गर्दा अहिले युवाहरु मनरोगी पनि हुँदैछन् ।

जे पनि छिटो छिटो पाउने चाहानाले यो पुस्ताका युवाहरु दुःखी, निराश र अधैर्य छन् । जसको परिणाम मानसिक रोग र आत्महत्या हो । विश्व स्वास्थ्य संगठनको अध्ययनलाई हेर्ने हो भने प्रत्येक वर्ष विश्वव्यापी रूपमा आठ लाख भन्दा बढी मानिसहरुले आत्महत्या गर्दा रहेछन् । आठ लाख मानिसहरु मध्ये युवाहरु सबैभन्दा धेरै पर्दछन् । र, विश्वमा ४० सेकेन्डमा एउटा व्यक्तिले आत्महत्या गर्ने रहेछ ।

अहिलेको पुस्तालाई हुर्काउँदै गर्दा कुनै पनि समस्या आयो भने कसरी समाधान गर्ने, त्यस्तो समयमा नआत्तिने भन्ने कुरा सिकाइएको छैन । त्यसकारण सानो समस्यामा पनि एकदमै आत्तिने गर्दछन् ।

हामीले प्रायःजसो देख्न र सुन्न सक्छौं । परीक्षामा फेल भएर आत्महत्या गर्ने, गलफ्रेन्ड ब्वाइफ्रेन्डसँग ब्रेकअप भए आत्महत्या गर्ने, घरकोले भनेको चिज नकिनिदिए आत्महत्या गर्ने यसैका दृष्टान्त हुन् । यसरी हेर्दा सजिलै आंकलन लगाउन सकिन्छ, अहिलेको पुस्तामा धैर्यता कुन हदसम्म छ ।

कुनै पनि समस्या आयो भने कसरी समाधान गर्ने भनी सिकाउने पहिलो कर्तव्य परिवारको हो । तर, तैले गल्ती गरिस् भनेर परिवारमा उल्टै हप्काउने, गाली गर्ने, समस्या नबुझ्ने जस्ता क्रियाकलापहरु परिवारबाटै भएका पाईन्छन् । यसरी गाली गर्ने भन्दा पनि त्यो समस्यासँग लडेर कसरी अगाडि बढ्ने भन्ने कुरा सिकाउनु परिवारको दायित्व हो । जिम्मेवारी हो । हरेक आमाबाबाले आफ्ना छोराछोरीको बारेमा समयमै यो सोच्नुपर्छ कि भोली गएर ठूला समस्याहरु र चुनौतीको सामना गर्न लायक मेरा छोराछोरी भएकी भएनन् ।

बच्चाहरूलाई यो गर्नु पर्छ, त्यो गर्नु पर्छ, भन्दा पनि यसलाई यसरी गर्नु पर्छ, यसलाई यसरी लैजानुपर्छ भनी सिकाउन जरुरी हुन्छ । कुनै पनि व्यक्ति दुःखी हुनु, तनावग्रस्त हुनुमा सो व्यक्तिको मात्र हात हुन्छ भन्ने हुँदैन । यसमा परिवार, समाज, साथीभाई र आफूसँग जोडिएका विभिन्न सम्बन्धको पनि ठूलो हात हुने गर्दछ ।

प्राकृतिक रुपमा व्यक्तिगत जीवनमा आउने समस्याहरुसँग पनि हाम्रो पुस्ता जुध्न गर्न सकिरहेको छैन । साच्चीकै यो पुस्ता सबैभन्दा बढी निराश, दुःखी र पीडित किन छ ? यो जटिल प्रश्न बन्न पुगेको छ । खोज्नुस्, आफैै भित्रको त्यो निराश, दुःखी र पिडित मान्छेलाई र बिदाई गरिदिनुस् सधैं सधैंका लागि ।

लेखक मध्यपश्चिम विश्वविद्यालय कानुन संकायमा अध्ययरत छिन् ।

युवापुस्ताको मनोदसा
लेखक
सञ्जु पौडेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?