
८ मंसिर, सप्तरी । सप्तरी-१ (२) बाट प्रदेशसभामा जनमत पार्टीका उम्मेदवार सकिल मियाँ निर्वाचित भएका छन् ।
उनी १६ हजार ५७७ मत ल्याएर निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मियाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका सुदम्बर यादवले ९ हजार ८८८ मत प्राप्त ल्याए ।
सत्ता गठबन्धन दलको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार बद्री नारायण माहात्मण यादवले ६ हजार ६१० मत प्राप्त गरे । यो संगै जनमत पार्टीले सप्तरीमा चार प्रदेशसभा सदस्य र एक प्रतिनिधिसभा सदस्य जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4