
काठमाडौं । सेल्सबेरी डिपाटर्मेन्टल स्टोरले वर्ल्ड कप २०२२ लाई लक्षित गरी ‘वर्ल्डकप महिना २०२२ क्याम्पियन’ सार्वजनिक गरेको छ । यस क्याम्पियन अन्तरगत सेल्सबेरीले आफ्ना २९ वटा स्टोरहरुमा ‘सेल्सबेरी प्रेडिक्ट एण्ड वीन २०२२’ नामक क्याम्पेन चालाएको जनाएको छ ।
यस ‘प्रेडिक्ट एण्ड वीन २०२२’ अन्तरगत १००० को सपिङ गर्ने ग्राहकले प्रेडिक्ट एण्डमा रहेको प्रश्न ‘हु विल वीन वर्ल्ड कप २०२२’ को उत्तर लेख्नुपने जनाएको छ । जसबाट १ जनाले ५६ इन्च एलईडी टिभी जित्न सक्नेछन् । यस अफर सेलसबेरीका शाखा तथा सेल्सवेजको पोखरा शाखामा लागु हुने जनाएको छ ।
यस्तै सेल्सबेरी सातदोबाटो र सितापाइला साथै सल्सवेज चिप्लेढुंगा मा ‘किक एण्ड वीन’ नामका क्याम्पेन चलिरहहेको कम्पनीले जनाएको छ । ‘किक एण्ड वीन’ क्याम्पेन अन्तर्गत ५ हजार रुपैयाँभन्दा बढीको सामान खरिद गर्ने ग्राहकले गोल पोस्टमा गोल गरी अन्य उपहार प्राप्त गर्ने जनाएको छ ।
सेल्सबेरीले विशवकपमा सार्वजनिक गरेका योजना विश्वकपको अन्तिम दिनसम्म लागु हुने जनाएको छ ।
प्रतिक्रिया 4