
८ मंसिर, दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवंम् तनहुँ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित शंकर भण्डारीले वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको नेतृत्व गर्न पाउनु पर्ने बताएका छन् ।
पौडेल तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएपछि भएको सभामा भण्डारीले देशको विकास गर्न पौडललाई नेतृत्व पर्ने बताए ।
‘देशमा सुशासन कायम गर्न रामचन्द्र दाइले नेतृत्व लिन आवश्यक छ,’ भण्डारीले भने, ‘देशलाई सहिमार्गमा लैजान उहाँलाई पार्टी तथा गठबन्धनले देशको नेतृत्व गर्न दिनुपर्छ ।’
दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य रहेको तनहुँमा कांग्रेसले दुवै प्रतिनिधिसभा र दुई प्रदेश सभा जितेको छ । कांग्रेससँग गठबन्धन गरेको नेकपा माओवादी केन्द्रले १ प्रदेश सभा र नेकपा एमालेले एक प्रदेश सभा जितेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4