
काठमाडौं । बलिउड अभिनेत्री सबाना आजमी आजदेखि सुरु हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भाग लिन बिहीबार काठमाडौंमा आइपुगेकी छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महोत्सव संयोजक सिर्जना सुब्बा लगायतले स्वागत गरे । महोत्सवमा अभिनेत्री आजमीले अभिनय सम्बन्धी मास्टरक्लास सञ्चालन गर्ने कार्यक्रम छ ।
आइतबार भारत फर्कने आजमीले नेपालमा रहँदा मण्डला थिएटरमा चल्ने नाटकहरु पनि अवलोकन गर्नेछिन् ।

यसैबीच, बलिउड अभिनेता, गायक एवं टीभी होस्ट आदित्यनारायण झा पनि शुक्रबार काठमाडौं आउँदैछन् । गायक उदितनारायण झाका छोरा समेत रहेका आदित्यले शनिबार फरेनहाइट क्लबमा हुने कन्सर्टमा सहभागी लिनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4