
८ मंसिर, सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका बिन्दमान विष्ट विजयी भएका छन् । उनले नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गरेका हुन् ।
कुल ३१ हजार ६८२ मत खसेकोमा विष्टले १३ हजार ९०९ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका गौतमले ९ हजार ३३४ मत पाए । विष्टविरुद्ध उम्मेदवारी दिएका एकीकृत समाजवादीका मोहनसिंह बडुवालले ६ हजार २१४ मत प्राप्त गरे ।
विष्ट ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट १५ हजार ६४८ मतसहित विजय भएका थिए । कर्णाली प्रदेश सरकारको पूर्व अर्थमन्त्री समेत रहेका विष्ट माओवादी केन्द्रको तर्फबाट भावी मुख्यमन्त्रीका रुपमा आफूलाई दावी गर्दै आएका छन् ।
उनी सुर्खेत जेलब्रेकका एक कमान्डर पनि हुन् । विद्यार्थी छँदादेखि नै माओवादीले सुरु गरेको जनयुद्धमा हामिएका विष्ट २०३६ सालमा कालिकोटमा जन्मिएका हुन् । हाल उनी सुर्खेतको बराहताल गाउँपालिका–१ स्थायी बासिन्दा हुन् ।
मानविकी तथा राजनीतिक शास्त्रमा स्नातक गरेका विष्ट माओवादीभित्र इमानदार, कर्तव्यनिष्ट र बौद्धिक नेताका रुपमा परिचित छन् ।
प्रतिक्रिया 4