
८ मंसिर, मोरङ । मोरङ निर्वाचन क्षेत्र नम्बर ५ (ख)बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार अमृत कुमार अर्याल निर्वाचित भएका छन् ।
अर्यालले जनता समाजवादी पार्टी (जसपा)का जयराम यादवलाई ५ हजार २७७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।
अर्यालले १६ हजार १०२ मत पाउँदा जसपाका यादवले १० हजार ८२५ मत ल्याए ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेश कुमार बानियाँले ३ हजार २४८ मत पाएका छन् ।
यस्तै जनमत पार्टीका आनन्दलाल यादवले २ हजार ३४ मत, लोकतान्त्रिक समाजवादी पार्टीका रामबती साहले १ हजार ११३ मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4