
८ मंसिर, बैतडी । बैतडीमा प्रतिनिधि सभामा नेकपा एमालेका दामोदर भण्डारीले लगातार तेश्रो जीत हासिल गरेका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरलाई पराजित गर्दै भण्डारीले जितेका हुन् ।
भण्डारीले ३३ हजार ६११ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत ल्याए । कुँवरलाई १ हजार ५३१ मतले पछि पार्दै भण्डारीले लगातार तेश्रो पटक जित हात पारेका हुन् ।
उनले यसअघि दोश्रो संविधानसभा निर्वाचन २०७० र २०७४ सालको निर्वाचन जितेका थिए ।
विद्यार्थी जिवनबाटै राजनितिमा होमिएका दामोदर भण्डारी एमालेमा अडिक रहे । पाटन नगरपालिका ६ मा जन्मिएका भण्डारीले २०४७ बाट अनेरास्ववियूबाट राजनीतिक जीवन सुरु गरेका हुन् ।
एक पटक अर्थराज्यमन्त्रीको जिम्मेवारी समेत सम्हालेको अनुभव उनीसँग छ । उनी अहिले एमालेको प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारीमा छन् ।
प्रतिक्रिया 4