
८ मंसिर, कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र-१बाट प्रतिनिधिसभामा नेकपा एमालेका उम्मेदवार बलराम अधिकारी निर्वाचित भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार चक्रपाणि खनाललाई १८ हजार ४२९ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।
बलरामले ३६ हजार ६१९५ मत पाउँदा उनका प्रतिस्पर्धी खनालले १८ हजार १९० मत मात्र ल्याए ।
यस्तै जनमत पार्टीका नरेन्द्रप्रसाद चौधरीले ८ हजार ३९३ मत, नागरिक उन्मुक्ति पार्टीका राम मिलन थारूले ५ हजार ६३६ मत ल्याए ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर रायमाझीले ४ हजार २२३ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्जू सिंह विष्टले ३ हजार १६३ मत मात्र पाइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4