
८ मंसिर, बर्दिया । बर्दिया-१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेस उम्मेदवार संजय कुमार गौतम निर्वाचित भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लक्ष्मणराज ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।
गौतमले ३० हजार ६११ मत पाउँदा उनका प्रतिस्पर्धी ज्ञवालीले २६ हजार १५५ मत मात्र ल्याए ।
यस्तै नागरिक उन्मुक्ति पार्टीका ठाकुर सिंह थारूले २३ हजार ९९३ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुसालले ११ हजार ४मत ल्याए ।
यस्तै जनमत पार्टीका उम्मेदवारसोहराव पठानले २ हजार ३५५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीकासूर्यबहादुर सिंहले २ हजार २६६ मत र जनता समाजवादी पार्टीका रेशम बहादुर खत्रीले १ हजार मत मात्र पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4