
८ मंसिर, दाङ । दाङ क्षेत्र नं.१ बाट प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन् ।
२६ हजार ५६३ मत पाएका उनले नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीलाई ५ हजार ८४ मत अन्तरले पराजित गरे । चौधरीले २१ हजार ४७९ मत पाइन् ।
यस क्षेत्रबाट यसअघि २०७४ मा नेकपा एमालेबाट मेटमणि चौधरी नै निर्वाचित भएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार ७९४ मत पाएका छन् भने हाम्रो नेपाली पार्टीका गंगा चौधरी सत्गौवाले एक हजार ९२ मत पाइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4