
९ मंसिर, काठमाडौं । मोरङ ४ बाट फेरि नेकपा माओवादी केन्द्रका अमनलाल मोदी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । एमाले उम्मेदवार विनोदकुमार ढकाललाई हराउँदै उनी सांसदमा निर्वाचित भएका हुन् ।
मोदीले ३० हजार ६१२ मत ल्याए भने एमालेका ढकालले २४ हजार ४६३ मत पाए । राप्रपाका रवि रिजालले ७४६८ र राष्ट्रिय स्वतन्त्र पार्टीका ५३३३ मत पाएका छन् ।
मोदी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित सांसद थिए भने २०७०को संविधानसभा चुनावमा उनी समानुपातिक सांसदमा निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4