+
+

अरगरियालाई १५७ मतान्तरले हराउँदै कांग्रेसका यादव निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते ५:२६

९ मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसका रामकृष्ण यादव सांसद चुनिएका छन् ।

एमालेका उमाशंकर अरगरियालाई हराउँदै यादव सांसदमा निर्वाचित भएका हुन् । चुनाअवघि लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर एमाले प्रवेश गरेका अरगरियासँग यादवको कडा प्रतिस्पर्धा भएको थियो ।

अन्नतः यादवले २० हजार ११२ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी अरगरियाले १९ हजार ९५५ मत पाउन सके । यादव १५७ मतान्तरले विजयी भए ।

यही क्षेत्रबाट एकीकृत समाजवादीका रामचन्द्र झाले १३ हजार ६०५, जनता समाजवादी पार्टीका आनन्द यादवले १२ हजार ९०१, जनमत पार्टीका जयनारायण साहले ९ हजार ९०१ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?