
काठमाडौं । चुनाव र विश्वकप फुटबलको माहोलबीच आज (शुक्रबार)देखि हलमा सलोन बस्नेत स्टारर फिल्म ‘मिलन’ रिलिज भएको छ । टेक पौरखी राई निर्देशित फिल्मले मित्रताको कथा भन्छ । सलोनसहित डेब्यु कलाकारहरु कुशल ठकुरी र शिल्पा थापाको अभिनय छ । मित्रतामा एक युवतीको प्रवेशपछि आउने उतारचढाव यसको कथावस्तु हो ।
शिशिर बाङ्देल, सुमिना गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का र करण थापाको समेत अभिनय छ । सलोनका फ्यान र प्रेमकथामा आधारित फिल्म रुचाउनेलाई ‘मिलन’ मन पर्न सक्छ ।
यतिबेला हलमा नयाँ फिल्मको रिलिज नहुँदा यसलाई सोलो रिलिजको मौका छ । ‘महापुरुष’, ‘वाकान्डा फरेभर’ लगायत फिल्म पनि प्रदर्शनरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4