
९ मंसिर, काठमाडौं । बर्दिया प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका संजयकुमार गाैतम विजयी भएका छन् ।
अघिल्लो निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार वामदेव गाैतमलाइ ७५३ मतान्तरले पराजित गर्दै उनी सासंद भएका थिए । यो पटक उनले नेकपा एमालेका लक्ष्मण ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले पराजित गरेका हुन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका गाैतमले ३० हजार ६११ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी ज्ञवालीले २६ हजार १५५ मत ल्याए ।
यस्तै नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारुले २३ हजार ९९३ मत प्रात गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4