
८ मंसिर, बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ बाट नेकपा एमालेका भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले नेकपा माओवादी केन्द्रका वामदेव क्षेत्रीलाई सात हजार बढी मतान्तरले पराजित गरे ।
श्रेष्ठले १६ हजार ३०० मत प्राप्त गरेर विजयी हुँदा क्षेत्रीले ९ हजार ४ सय १० मत ल्याए । निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४० हजार १५८ मत खसेको थियो ।
२०७४ सालको निर्वाचनमा पनि श्रेष्ठ यसै क्षेत्रबाट निर्वाचित भएका थिए । उनी लुम्बिनी प्रदेशमा स्वास्थ्यमन्त्री समेत भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4