
९ मंसिर, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले हार स्वीकार गरेका छन् । अन्तिम मत परिणाम आउनु अगाडि नै सामाजिक सञ्जालमार्फत् ज्ञवालीले हार स्वीकारेका हुन् ।
‘अथक प्रयासका बाबजुद हाम्रो अभियान सफल हुन सकेन,’ ज्ञवालीले लेखेका छन्, ‘तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु ।’
ज्ञवालीले हारको जिम्मेवारी आफैं लिने बताएका छन् । उनले अघि लेखेका छन्, ‘प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरू रहन गए, समयक्रममा समीक्षा हुने नै छ ।’
गुल्मी-१ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी। ज्ञवालीलाई पछि पर्दै जित नजिक छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4