
लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपमा मेसेज डिलट गर्ने फिचर छ । यो फिचरको सहयोगले कसैलाई पठाएका मेसेज दुबैतर्फ डिलिट गर्न सकिन्छ । तर कहिलेकहीँ त्यस्ता म्यासेज पुन पढ्नुपर्ने हुन्छ वा पढ्ने रहर जाग्छ । तर डिलिट भैसकेको मेसेज कसरी पढ्न सकिएला र ?
प्रविधिले यसलाईपनि संभव बनाएको छ । डिलिट गरिएका म्यासेज पढ्नका लागि आफ्नो फोनमा एउटा सेटिंग्स खोल्नुपर्छ । एन्ड्रोइड प्रयोगकर्ताका लागि यो निकै सजिलो उपाय छ ।
यसका लागि ह्वाट्सएप नोटिफिकेसन खुल्ला हुनुपर्छ । त्यसका लागि फोनमा सेटिंग्समा जानुहोस् । त्यहाँ एप्स एन्ड नोटिफिकेसन्स अप्सन देखिन्छ । त्यसमा क्लिक गरेपछि नोटिफिकेसन्सको अप्सनमा ट्याप गर्नुपर्छ ।
त्यहाँ नोटिफिकेसन्स हिस्ट्री अप्सन देखिन्छ । त्यसमा क्लिक गरेपछि ह्वाट्सएपका डिलिट म्यासेजहरु पढ्न सकिन्छ । यद्यपि यो सेटिङ्स खुला गर्नुअघि नै डिलिट भइसकेको म्यासेज भने पढ्न सकिदैन ।
कसरी गर्छ यो फिचरले काम ?
वास्तवमा फोनमा जुनसुकै म्यासेज आउँदा पनि त्यसको एक नोटिफिकेसन पनि आउँदछ । मेसेज प्रेषकले आफुले पठाएको ह्वाट्सएप मेसेज आफु र प्रापक दुबैका लागि डिलिट गरेतापनि प्रेषकको फोनमा प्राप्त नोटिफिकेसनलाई डिलिट गर्न भने सक्दैन । त्यसको फाइदा उठाएर नोटिफिकेसन हिस्ट्रीबाट ह्वाट्सएप म्यासेजहरु नोटिफिकेसन देख्न तथा पढ्न सकिन्छ ।
यद्यपि यो फिचरका केही सीमा छन् । यसबाट मेसेजमा आएका कुनै भिडियो वा फोटोहरु हेर्न सकिदैन । केवल टेक्स्ट म्यासेज मात्रै नोटिफिकेसनमा हेर्न र पढ्न सकिन्छ । त्यसका साथै पछिल्लो २४ घण्टाका नोटिफिकेसन मात्र पढ्न सकिनेछ ।
एजेन्सी
प्रतिक्रिया 4