+

१६ घण्टे फास्टिङ र किटो डाइटले ग्याष्ट्रिकको समस्या हुनसक्छ : डा. अखिलेश कश्यप

२०७९ मंसिर  ९ गते १५:३१ २०७९ मंसिर ९ गते १५:३१
१६ घण्टे फास्टिङ र किटो डाइटले ग्याष्ट्रिकको समस्या हुनसक्छ : डा. अखिलेश कश्यप

फास्टिङको लहर व्यापक छ, शहरमा । कसैलाई मोटोपन घटाउनुछ, कसैलाई दीर्घरोगबाट छुटकारा पाउनुछ, कसैलाई चुस्त पाचनयन्त्र पाउनुछ । अतः यी सबैका लागि धेरैले अपनाउने एउटा विधी छ, फास्टिङ ।

पछिल्लो समय १६ घण्टे इन्टरमिटेन्ट फास्टिङ बस्ने प्रवृत्ति मौलाएको छ । यसले तत्काल केही राम्रै नतिजा दिएपनि दीर्घकालिन रुपमा भने खराब असर गर्ने चिकित्सकहरु बताउने गर्छन् । यसै सन्दर्भमा अनलाइनखबरकर्मी मनिषा थापाले  ग्याष्ट्रोइन्ट्रोलोजिस्ट डा. अखिलेश कश्यापसँग गरिएको सम्पादित अंश  :-

अहिले १६ घण्टा फास्टिङ गर्ने प्रवृत्ति व्यापक छ । यसले कुनै असर त गर्दैन ?

१६ घण्टा गरिने  इन्टरमिटेन्ट फास्टिङले धेरै फाइदा गरेको छ । तर, यससँगै  लामो समयसम्म  फास्टिङ गर्दा पेटमा भैरहेको एसिडलाई असर गर्न सक्छ । समयमा खाना नपुगेपछि एसिड खाना नली वा सानो आन्द्रामा जान्छ, जसले पाचन प्रकियामा असर पुर्‍याउन थाल्छ । यसैले ग्याष्ट्रिक, एसिडिटी जस्ता समस्या देखापर्न सक्छ ।

यस किसिमको फास्टिङले फाईदा वा बेफाईदा बढी गर्छ ?

मधुमेह, तौल घटाउन र उच्च रक्तचाप नियन्त्रणमा यसको फाइदा दिएको देखिन्छ । तर, ग्याष्ट्रिकका बिरामीहरुलाई यसले फाइदाभन्दा बढी हानी गर्छ ।

कसैलाई अल्सर, पेटको आन्द्राबाट रक्तश्राव भइरहेको छ भने पनि त्यति लाभ दिदैन । कसैलाई ग्याष्ट्रिक भएको नै थाहा नहुन सक्छ, जसले यस्तो फास्टिङ बस्दा थप स्वास्थ्य समस्या आउन सक्छ । ग्याष्ट्रिक नभएका व्यक्तिलाई ग्याष्ट्रिक गराउन सक्छ भने भएको व्यक्तिलाई झनै बढी जटिलता थप्न सक्ने देखिन्छ । सकेसम्म यस्तो गर्नु अघि आफ्नो स्वास्थ्य परीक्षण गराएर चिकित्सकको सल्लाहमा सहि तरिकाले  फास्टिङ गर्नु राम्रो हुन्छ ।

कस्तो अवस्थामा फास्टिङ हानिकारक हुनसक्छ ? वा पेट सम्बन्धि के कस्ता समस्याभएकाले फास्टिङ गर्नै हुँदैन ?

सकेसम्म ग्याष्ट्रिक भएको व्यक्तिले १६ घण्टा  फास्टिङ र व्रत नबसेको राम्रो हो । अल्सर भएको व्यक्ति, क्यान्सर भएको र ग्याष्ट्रिक भएका व्यक्तिलाई हानिकारक हुन्छ ।

कतिपयले किटो डाइट लिदाँपनि ग्याष्ट्रिकको समस्या हुँदोरहेछ भनिरहेका छन् । के किटो डाइट लिनेहरुमा ग्यास्ट्रिकको समस्या हुनसक्छ ?

तौल घटाउनको लागि लिइने  किटो डाइटले पनि ग्याष्ट्रिकको समस्या हुन्छ । यसमा बढी प्रोटिनलाई मात्र प्राथमिकता दिने भएकोले समस्या उत्पन्न हुन सक्छ । त्यस्तै कतिपयलाई कब्जियत र पेट फुल्ने जस्ता आन्द्रा सम्बन्धी समस्या हुन सक्छ ।

पहिला ग्याष्ट्रिक के कारणले भएको हो भन्ने बुझ्न पर्छ । केहि रोगले भएको हो वा खानपानले भएको हो भनेर जान्न जरुरी हुन्छ । सामान्य समस्याका कारण ग्याष्ट्रिक भएको छ भने त्यसको उपचार पछि किटो डाइट लिन सकिन्छ । तर अल्सर नै भैसकेको छ, लामो समयसम्म ग्याष्ट्रिकको समस्या छ भने सकेसम्म खान हुँदैन ।  किटो डाइट खानु अघि पनि चिकित्सकको सुझाव लिन जरुरी छ ।

ग्यास्ट्रिकको कारण के कस्ता जटिलता निम्तन सक्छ ?

ग्याष्ट्रिक  बढ्दै गए पछि अल्सर हुने सम्भावना बढी हुन्छ । सानो आन्द्रामा अल्सर भएको छ भने ९८ प्रतिशत आफै ठिक भएर जान्छ । त्यही अल्सर आमाशयमा छ भने क्यान्सर पनि हुनसक्छ । त्यो अवस्थामा इन्डोस्कोपी गरेर हेर्न सक्छ । अल्सरबाट रगत बग्ने हुन्छ । समयमा अल्सरको पहिचान गरी उपचार गरिएन भने सानो आन्द्रा आमाशयमा फुट्न सक्छ । त्यो नै यसको मुख्य जटिलता हो ।

ग्याष्ट्रिककै कारण घाँटीमा पनि समस्या हुने रहेछ नि ?

ग्याष्ट्रिककै कारण घाँटीमा पनि समस्या हुने भनेको ग्याष्ट्रोएसोफाजयल रिफ्लक्स डिसिजको कारणले हुन्छ । यो तब हुन्छ जब पेटमा एसिड बारम्बार तपाईंको मुख र पेट जोड्ने ट्यूबमा फर्कन्छ । यो एसिड रिफ्लक्सले तपाईंको अन्ननलीमा पोल्ने हुनसक्छ ।

रिफ्लक्स डिजिज मोटोपना, चुरोट मद्यपान गर्ने व्यक्तिलाई बढी हुन्छ ।  घांटीमा रिफ्लक्स एसिड जान्छ । जसले सुख्खा खोकी लाग्ने, घांटी पोल्ने हुन्छ । यो एउटा पाचनको समस्या हो । तर, यो समस्या देखिएपछि घांटीको समस्या भनेर  छातिको डाक्टरकोमा गएको हुन्छन् जहाँ उपचार पत्ता लाग्दैन । यसको समस्या इन्डोस्कोपी गरेपछि मात्र थाहा हुन्छ ।

ग्याष्ट्रिक भएकाले के कस्ताखानपान गर्नु जरुरी हुन्छ ?

४ पटक खानु पर्छ । सागसब्जी, उच्च रेसादार खानेकुराहरु खानु पर्छ । मसालेदार र चिल्लो खानेकुरा कम खानुपर्छ । घरको खानेकुरालाई प्राथमिकता दिने गर्नुपर्छ ।

ग्याष्ट्रिकको औषधि उपचार नगराई खान  मिल्छ ?

डाक्टरकहाँ आउँनुभन्दा अघि नै सबैले औषधि खाइसकेका हुन्छन् । कहिलेकाहीँ आँदा खासै फरक पर्दैन । तर सकेसम्म चिकित्सकलाई देखाएर मात्र औषधि खानु उपयुक्त हुन्छ ।  ४ दिनसम्म पनि ग्यास्ट्रिकको औषधि नाखाँदा पनि ठिक नभएका बिरामीको इन्डोस्कोपी गरेर पछि मात्र औषधि खान सल्लाह दिन्छौं । ग्यास्ट्रिक हुँदा प्राय नाइटोभन्दा माथि दुख्ने गर्छ, हृदयघात हुँदा पनि त्यहि दुख्ने गर्छ । दुख्ने समस्या बढ्दै गयो भने इसिजी गराउन पर्ने हुन्छ । मुटुको डाक्टरलाई पनि देखाउन पर्छ ।

ग्याष्ट्रिक हुनै नदिन के गर्ने ?

दैनिक व्ययाम गर्ने, तनाव कम लिने, दिनको ४ पटक सन्तुलित भोजन गर्ने, प्रशस्त  सफा पानी पिउने , स्वस्थ खानेकुरा खाने, सकेसम्म पेनकिल्लर औषधी खाने बानी छ भने रोक्न पर्छ । खाने पर्ने अवस्था आए कम खाने, धुम्रपान र मद्यपान नगर्ने ।

(डा.  कश्यपले  भारतको मणिपाल विश्वविद्यालयबाट मेडिसिनमा एमडी र एम्सबाट ग्याष्ट्रोइन्ट्रोलोजीबाट फेलोशिप र न्याम्सबाट डीएम गरेका छन्।)

डा. अखिलेश कश्यप
डा. अखिलेश कश्यप
लेखक
डा. अखिलेश कश्यप
पेट तथा कलेजोरोग विषेशज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ४०६८ एमडी, डीएम हाल ग्रान्डी इन्टरनेसनल अस्पतालमा कन्सलटेन्ट ग्यास्ट्रोइन्टरोलोजिस्ट तथा हेपाटोलोजिस्टको रुपमा कार्यरत, ग्यास्ट्रो एण्ड लिभर फाउन्डेसनका अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?