
९ मंसिर, पाल्पा । पाल्पाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा नेकपा एमालेका खेमबहादुर सारु निर्वाचित भएका छन् ।
सारुले नेपाली कांग्रेसका शंकर खनाललाई ४ हजार ७ सय ९१ मतान्तरले पराजित गरेका हुन् ।
सारुले १४ हजार २ सय ९६ मत ल्याउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार खनालले ९ हजार ५ सय ५ मत ल्याए ।
लामो समय शैक्षिक क्षेत्रमा सक्रिय रहेका सारु पहिलो पटक प्रदेश सभामा उम्मेद्वार बनी निर्वाचित भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4