
९ मंसिर, दाङ । दाङ-२ बाट निर्वाचित नेकपा माओवादी केन्द्रकी नेता रेखा शर्माले दाङवासीले दिएको मतको कदर हुने गरी काम गर्ने बताएकी छन् । शुक्रबार आयोजित विजय उत्सव समारोहलाई सम्बोधन गर्दै शर्माले दाङको विकासमा आफू समर्पित हुने बताइन् ।
उनले चुनाव जितेपछि पनि आफू पटक- पटक गाउँ फर्किने र जनताको गुनासो सुन्ने बताइन् । ‘यहाँबाट पाएको मायालाई भुल्ने छैनौँ । पाँच वर्षमा मात्र गाउँमा आउँछन् भन्ने जनताको गुनासो छ’, उनले भनिन्, ‘म त्यो गुनासो आउन दिनेछैन । कतिदिन जिल्लामा बस्ने, कतिदिन गाउँमा जाने, कति दिन केन्द्रमा बस्ने सबै योजना बनाएर काम गर्ने गर्नेछु ।’
उनले दाङबासीको शीर ठाडो हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले भनिन्, ‘हामीले जनतासँग प्रतिवद्धता गरेका कुरा पूरा गर्ने छौँ र दाङको विकास कसरी गर्न सकिन्छ भन्ने केन्द्रित हुनेछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4