
९ मङ्सिर, कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता निर्वाचित भएका छन् । उनी नवौं पटकको प्रयासमा प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।
एमाले उम्मेदवार गुप्ताले २२ हजार ६१९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले १८ हजार ९८२ मत ल्याए । उनीहरुबीचको मतान्तर ३ हजार ६३७ रहेको छ ।
गुप्ता २०४३ सालमा पञ्चायती व्यवस्था हुँदा पहिलोपटक उम्मेदवारी दिएका थिए । त्यसपछि २०५६ मा कांग्रेस, २०७० मा तमलोपा, २०७४ मा संघीय समाजवादी फोरमबाट उम्मेदवार बने पनि पराजित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4