
९ मंसिर, गुल्मी । गुल्मी-१ को प्रदेशसभा (क) मा नेकपा एमालेका उम्मेदवार चिन्तामणी पाण्डे निर्वाचित भएका छन् ।
गठबन्धनबाट माओवादी केन्द्रका सुर्दशन बराललाई ८२४ मतान्तरले हराउँदै पाण्डे प्रदेशसभामा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए ।
पाण्डेले १५ हजार १२७ मत पाउँदा माओवादी केन्द्रका बरालले १४ हजार २६३ मत ल्याए ।
पाण्डेसँग पराजित बराल ०६४ सालमा गुल्मी-१ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
बराल ०७४ सालमा बाम गठबन्धनबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4