
९ मंसिर, विराटनगर । मोरङ-२ को प्रदेशसभा-२ बाट नेकपा एमाले उम्मेदवार लिलाबल्लभ अधिकारी निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका उम्मेदवार विनोद कार्कीलाई २ हजार ८०० मतान्तरले पराजित गर्दै अधिकारी निर्वाचित भएका हुन् ।
दोस्रो पटक सोही क्षेत्रबाट निर्वाचित भएका अधिकारीले १७ हजार ७५२ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका कार्कीले १४ हजार ९५२ मत ल्याए ।
मोरङ-२मा क्षेत्रमा ६३ हजार ६ सय ७१ मतदाता रहेकोमा ४० हजार २ सय १३ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4