
९ मङ्सिर, विराटनगर । मोरङ क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट माओवादी केन्द्रका उम्मेदवार गणेश उप्रेती विजयी भएका छन् । नेकपा एमाले उम्मेदवार दानबहादुर कार्कीलाई पराजित गर्दै उप्रेती निर्वाचित भएका हुन् ।
सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका उप्रेतीले १५ हजार ३३ मत प्राप्त गरे । नेकपा एमाले उम्मेदवार कार्कीले १४ हजार ६७८ मत प्राप्त गरे । राप्रपा उम्मेदवार श्रीकान्त पोद्दारले २३०४ मत प्राप्त गरेका छन् । प्रदेशसभा सदस्यमा निर्वाचित उप्रेती माओवादी केन्द्र प्रदेश १ काे सचिव हुन् ।
मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा नेकपा एमाले उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा एमाले उम्मेदवार लिलाबल्लभ अधिकारी निर्वाचित भए । अधिकारी यसअघि पनि निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4