
एमाले महासचिव शंकर पोखरेल दम्पत्तिसँग माओवादी नेता रेखा शर्मा । तस्वीर सौजन्य : कुलदीप न्यौपाने ।
९ मंसिर, दाङ । दाङ–२ बाट नवनिर्वाचित माओवादी केन्द्रकी प्रतिनिधिसभा सदस्य रेखा शर्माले एमालेका महासचिव शंकर पोखरेलसँग भेटवार्ता गरेकी छन् ।
चुनाव जितेपछि उनी शुक्रबार आफ्ना प्रतिस्पर्धी एमालेका नेता पोखरेललाई भेट्न उनकै निवासमा पुगेकी थिइन् । भेटवार्ताका क्रममा दुबै जनाले दाङको विकासबारे छलफल गरेका थिए । शर्माले पोखरेलसँग जिल्लाको विकास र समृद्धिबारे सल्लाह र सुझाव पनि मागेकी उनका एक सहयोगीले बताए ।
महासचिव पोखरेलले शर्मालाई बधाई दिँदै दाङको विकासका लागि आफू सधैं सहयोग गर्न तयार रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4