
१० मंसिर, मुगु । मुगु प्रदेशसभा (१) मा नेकपा एमाले र प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्ल र (२) मा माओवादीका मंगलबहादुर शाही विजयी भएका छन् ।
मल्लले ६ हजार ६ सय १८ मत ल्याउँदा उनका प्रतिस्पर्धी एकीकृत समाजवादी पार्टीका गोपालबहादुर बमले ५ हजार ५ सय ४५ मत ल्याए ।
प्रदेशसभा (२) मा शाहीले ८ हजार ४ सय २९ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका कर्णबहादुर मल्लले ४ हजार ८ सय ८४ मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4