
काठमाडौं मंसिर १० । काठमाडौंमा एक समरोहका वीच अमेरिकाको बोष्टन शहरलाई कर्मभूमि बनाउँदै आएका सुशिल न्यौपानेको कविता सङ्ग्रह भग्नावशेषमाथि टोलाएको परेवा विमोचन भएको छ ।
बिमोचित कृतिमाथि कवि तथा समालोचक प्रमोद प्रधान तथा प्राध्यापक तथा समालोचक शैलेन्दु प्रकाश नेपालले चर्चा गरेका थिए ।
समारोहमा अमेरिकालाई कर्मभूमि बनाएर वसेका तारा वराल एवं विटु केसी बराल, तथा नेपालमै रहेका साहित्यकारहरु दिनेश अधिकारी, प्रकाश सायमि, शरदचन्द्र वस्ती, विष्णुविभू घिमिरेले समेत शुभकामना मन्तव्य प्रकट गरेका थिए । समारोहमा कविहरुले बिमोचित कृतिका कविताहरु वाचन गरेका थिए ।
तीसको दसकदेखि नै कविता लेखन गर्दै आइरहेको भए पनि यो उनको पहिलो प्रकाशित कविता कृति भएको समारोहमा जानकारी गराइएको थियो । समारोहमा कवि नेपालले आफ्ना केही कविता वाचन गर्नुकला साथै आफ्नो काव्य मन्तब्य प्रकट गरेका थिए ।
प्रतिक्रिया 4