
१० मंसिर, सुनसरी। मत गणनामा नेपाली कांग्रेसले धाँधलीको आशंका गरेपछि सुनसरी- ४ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ ।
मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।
सोही बिषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठक माग गरेका छन् ।
अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ । मतगणना रोकिनुअघिसम्म पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार कार्की २३ हजार ४३९ मतका साथ झिनो अग्रतामा छन् ।
एमाले उमेदवार जगदिश कुसियैतले २३ हजार ३४१ मत पाएका छन् । अब यहाँ ८ क्षेत्रको मत गणना गर्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4