+
+

सिभिल बैंकको वार्षिकोत्सवमा विविध कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १० गते १७:११

काठमाडौं । सिभिल बैंकले १२ औं वार्षिकोत्सवको अवसरमा देशैभर विविध कार्यक्रम आयोजना गरेको छ । नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने उदेश्यका साथ सफा टेम्पुको भाडा क्यूआर कोडबाट भुक्तानी गर्ने कार्यको थालनी गरी ‘‘गो क्यासलेस’ अभियानलाई निरन्तरता दिएको छ ।

जावलाखेलमा उद्घाटन गरिएको ‘गो क्यासलेस’ अभियान नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, जानकी र भजनीमा सञ्चालन गरिने बैंकले जनाएको छ । अभियानको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका थिए ।  सो क्रममा उनले नगदरहित अर्थतन्त्र आजको आवश्यकता भएको र यसले सिंगो राष्ट्रलाई समृद्धिको पथमा डोर्याउने बताए । नोट छपाई गर्दा हुने खर्च तथा विदेशिने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरिहार्य हुने उनको भनाइ थियो ।

बैंकले जावलाखेल शाखामा प्रायोरिटी बैंकिङ सेवा पनि सुरुवात गरेको छ । सो सेवाको सुरुवात बैंकका सञ्चालक समितिका अध्यक्ष प्रतापजङ्ग पाण्डे र बैंकका निक्षेपकर्ता धनञ्जय आचार्यले संयुक्त रुपमा गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा बैंक्ले याङ्वरक शाखामा एटीएम सेवा प्रारम्भ गरेको छ । बैंकले पाँचथर स्थित याङ्वरक शाखामा एटीएम सेवा प्रारम्भ गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तर्दायित्वका अन्तरर्गत देशभर छरिएका बैंकका मुख्य शाखा सहित ३६ स्थानका ५९ शाखाहरुको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जसबाट कुल ९८४ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।

वार्षिकोत्सवकै अवसरमा बैंकले ५७ स्थानका शाखाहरु मार्फत विपन्न तथा जेहन्दार छात्राहरुलाई छात्रवृति स्वरुप नगद प्रदान गरेको थियो ।

बैंकले आफ्नो विभिन्न शाखाहरु मार्फत विभिन्न उमेर समूहका व्यक्तिहरुलाई बैंकिङ तथा वित्तीय ज्ञान सम्बन्धी वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

नेपाल बाल संगठनमा आश्रित करिब ३५० जना बालबालिकाहरुका लागि स्टेशनरी सामग्री खरिद गर्न ५० हजार आर्थिक सहयोग गरेको बैंकले जनाएको छ ।

बैंकले सुनसरीको धरानमा रहेको निःसहाय सहयोग परिषदको तालिम भवन निर्माण गर्न ५० हजार आर्थिक सहयोग पनि उपलब्ध गराएको छ ।

महाबिर पुनद्वारा स्थापित राष्ट्रिय आविस्कार केन्द्रको उच्च प्रविधि क्लासरुम परियोजनाका लागि ५० हजार आर्थिक सहयोग गरेको बैंकले जनाएको छ ।

वार्षिकोत्सवकै अवसरामा अपाङ्गता संरक्षण नेपाललाई दृष्टी विहिन व्यक्तिहरुको लागि १०० वटा सेतो छडी खरिद गर्नका लागि ९५ हजार आर्थिक सहयोग गरेको बैंकको भनाइ छ ।

बैंकले कास्कीस्थित बेगनाश तालको डुंगा व्यवसायीलाई डुंगाको सवारी गर्नेहरुको सुरक्षाको लागी १०० थान लाइफ ज्याकेट समेत हस्तान्तरण गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?