
फाइल तस्वीर
१० मंसिर, डाेटी । बाजुराको बुढीनन्दा नगरपालिका-५ मा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ ।
जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार ९ सय ९९ मतदाता रहेको मतादन केन्द्रमा ५ सय ९७ जनाले मतदान गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले २ सय ८५ जना महिला र ३ सय १२ पुरुषले मतदान गरेको बताए ।
४ मंसिरमा मतदना सुरु भएको केही समयमै नेपाली कांग्रेस र एमाले कार्यकर्ताहरूबीच झड्प हुँदा मतदान स्थगित भएकाे थियाे । साे दिन २८ मत मात्रै खसेकाे थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4