
१० मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फ केही पार्टीको मतको वृद्धि अस्वाभाविक देखिएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले एकीकृत समाजवादीको समानुपातिक मतको वृद्धिदरलाई संकेत गर्दै सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा अस्वभाविक नतिजा देखिन थालेका आरोप लगाएका छन् ।
‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गÞलत कार्य पनि हुनसक्छ,’ उनले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्,’जिल्ला जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस् ।’
मतगणनामा प्रतिनिधि रहेका आफ्ना कार्यकर्तालाई मत परिणामको मुचुल्काको प्रति आफ्नो फेसबुकको म्यासेज बक्समा पठाउन अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4