
काठमाडौं । मंसिर २३ गतेदेखि रिलिजको तयारीमा रहेको फिल्म ‘डेसान’को ट्रेलर सार्वजनिक भएको छ ।
नम्रता सापकोटाको प्रमुख भूमिका रहेको फिल्मले विवाहेत्तर सम्बन्धको कथा पेस गर्छ । १ मिनेट ३९ मिनेट लम्बाइको ट्रेलरमा नारी संवेदना र अविश्वासले वैवाहिक जीवनमा उत्पन्न कलहको कथा भन्छ ।
कमल एक्चै मगर निर्देशित फिल्ममा नम्रतासँगै भोला सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारु मगरलगायतको पनि अभिनय छ । कोरोना कालमा छायांकन गरिएको फिल्मले दर्शकलाई नौलो स्वाद पस्किने निर्देशक मगरको दाबी छ ।
पर्फमिङ आर्ट क्रियसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्ममा राजु काउचाको कथा लेखन, निर्देशक मगरको पटकथा तथा संवाद, चक्रबहादुर महर्जनको छायांकन, हरि लम्सालको संगीत, अजय स्याङतेनको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ ।
प्रतिक्रिया 4