
११ मंसिर, वीरगञ्ज । मधेश प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।
विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको हो ।
मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबार सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन् ।
त्रेता युगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।
विवाहपञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती समेत आउने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4