
११ मंसिर, इलाम । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् ।
इलाम-१ बाट खनाल २ हजार ९५७ मतान्तरले बस्नेतसँग पराजित भएका हुन् ।
बस्नेतले २५ हजार ६९९ मत ल्याउँदा खनालले २३ हजार ४५ मत पाए ।
खनालले यो क्षेत्रबाट २०५६ बाहेक सबै निर्वाचन जितेका थिए । तर यसपटक पहिले जित्दै आएको एमालेकै उम्मेदवारसँग पराजित भएका छन् ।
खनाललाई सत्तारुढ गठबन्धनका दलहरुको समर्थन थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4