+

पहिलो खेलमा जर्मनीलाई स्तब्ध पारेको जापान कोस्टारिकासँग पराजित

२०७९ मंसिर  ११ गते १७:४९ २०७९ मंसिर ११ गते १७:४९
पहिलो खेलमा जर्मनीलाई स्तब्ध पारेको जापान कोस्टारिकासँग पराजित

११ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकपमा पहिलो खेलमै जर्मनीलाई सत्ब्ध बनाएको एसियाली राष्ट्र जापान दोस्रो खेलमा कोस्टारिकासँग १-० ले पराजित भएको छ ।

अहमेद बिन अली स्टेडियममा आइतबार दिउँसो भएको खेलमा कोस्टारिकाले जापानलाई हराएर समूह ईमा पहिलो जित निकालेको छ ।

कोस्टारिकालाई पहिलो जित दिलाउन फुलर स्पेन्सले ८१औं मिनेटमा निर्णायक गोल गरे । पहिलो खेलमा स्पेनसँग ७-० को पराकिलो अन्तरले पराजित भएको कोस्टारिकाले पहिलो जितबाट ३ अंक जोडेको छ र अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ ।

दुई खेलपछि जापान र कोस्टारिकाको समान ३ अंक छ । अब समुहको अन्तिसम खेलमा जापानले स्पेनसँग खेल्नेछ भने कोस्टारिकाले जर्मनीसँग खेल्नेछ । यसै समूहमा रहेको स्पेन र जर्मनीबीच आज मध्यराति खेल हुँदैछ ।

कोस्टारिका जापान विश्वकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय