
काठमाडौं । जेम्स क्यामरुन निर्देशित बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ले अमेरिकी बक्स अफिसमा १५० मिलियन डलरको ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।
डेडलाइन हलिउड म्यागजिनका अनुसार १७५ मिलियन डलर नजिकको लक्ष्य राखिए पनि यसको न्यूनतम कमाइ १५० मिलियन डलर निश्चित हुन सक्नेछ ।
कुनै फ्यान–बेस फिल्म नभएको ‘अवतार २’को प्रक्षेपित कमाइ सन् २००९ मा रिलिज भएको पहिलो भागभन्दा ९५ प्रतिशतले धेरै हो । हालैको एक सर्वेक्षणमा ल्याटिनो, हिस्प्यानिक र काला जातिका ३० देखि ४० वर्ष उमेर समूहका दर्शकले फिल्म हेर्न चाहेको देखिएको छ ।
शनिबार मात्र गरिएको घोषणाअनुसार अमेरिकासँगै यो फिल्म अर्को ठूलो फिल्म बजार चीनमा समेत सोही मितिमा प्रदर्शन हुनेछ । धेरै हलिउड ब्लकबस्टर फिल्मलाई पन्छाएर चीनले अवतार २ लाई मात्र प्रदर्शनको अनुमति दिनुले पनि फाइदा हुने देखिन्छ ।
‘अवतार १’ले चीनमा थ्रीडी र आम्याक्समा गरेर २६० मिलियन डलरभन्दा धेरै कमाइ गरेको छ । विश्वका ठूला फिल्म बजारमा अग्रिम टिकट बिक्री सुरु भएको छ । यसको लम्बाइ पनि ३ घण्टा १२ मिनेट छ ।
फिल्मको लम्बाइले दर्शकलाई असर नपार्ने वितरण कम्पनीको छ । पहिलोको पहिलो भाग रिलिज हुँदा कसैलाई केही थाहा थिएन जहाँ एलियनहरु प्रमुख पात्र थिए । टाइटानिकजस्तै क्यामरुन निर्देशित फिल्मले विश्व बजारमा २.९ बिलियन डलर कमाउन सक्यो ।
भारतमा पनि आक्रामक अग्रिम टिकट बिक्री
छिमेकी मुलुक भारतमा समेत ‘अवतार २’को क्रेज देखिन सुरु भइसकेको छ । भारतीय मल्टिप्लेक्सले अग्रिम टिकट बिक्री थालेका छन् । पहिलो शो पनि मध्यराति १२ बजे तय गरिएको छ ।
भारतमा यो फिल्म अंग्रेजी, हिन्दी, तामिल, तेलुगू, कन्नड र मलायलम भाषामा प्रदर्शन हुँदैछ । रिलिज हुन तीन साता बाँकी रहँदा खुलाइएको अग्रिम टिकट बिक्रीमा तीन दिनभित्रै १५ हजारभन्दा बढी टिकट बिक्री भारतका ४५ मल्टिप्लेक्समा भएको छ ।
पीभीआर मल्टिप्लेक्सका सीईओ कमल ज्ञानचन्दनी भन्छन्, ‘जेम्स क्यामरुन र उनका फिल्मले भारतीय बक्स अफिसमा सधैं जादू सिर्जना गरेका छन् र दर्शक यो क्षणलाई प्रतीक्षा गरिरहेका छन् ।’
प्रतिक्रिया 4