१२ मंसिर, काठमाडौं । कतारमा जारी पिफा विश्वकप अन्तर्गत सर्बिया विरुद्ध हुने खेलअघि क्यामरुनका गोलकिपर आन्द्रे ओनानालाई टिमबाट हटाइएको छ ।
फुटबल विश्लेषक फाब्रिजियो रोमानोका अनुसार ओनानाले परम्परागत शैली पछ्याएको र मुख्य प्रशिक्षकसँग कुरा नमिलेपछि उनलाई टिमबाट हटाइएको हो ।
ओनानाले आफ्नो शैली परिवर्तन गर्न नचाहेपछि उनलाई टिमबाट हटाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
सर्बिया विरुद्ध भर्खर सुरु भएको खेलमा उनी टिम लिस्टमा समावेश छैनन् । उनको स्थानमा डेभिड एपासीले पहिलो रोजाईँमा खेलिरहेका छन् । ओनानले स्ट्जरल्याण्ड विरुद्धको पहिलो खेल पूरा ९० मिनेट खेलेका थिए ।
प्रतिक्रिया 4