
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ ।
कम्पनीले ११ मंसिरमा बझाङको चैनपुरस्थित सत्यवादी मावि र बझाङको झोता स्थित भैरव माविमा बीमा सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले बीमाको महत्व र आवश्यकताको बारेमा प्रकाश पारेका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले नेपाल बीमा बजारको अवस्था र सम्भावनाका साथै बीमा ऐन २०७९ मा उल्लेखित आधारभूत विषयहरुको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा करिब १०० जना शिक्षकहरुको रु.१ लाखको म्यादी जीवन बीमा समेत गरिएको थियो । सहभागी विद्यार्थीहरुलाई टी-सर्ट वितरण गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनीले मृगौला पीडित उजालाकुमारी दमाईलाई आर्थिक सहयोग स्वरुप २५ हजार रुपैयाँ प्रदान गरेको छ ।
१० मंसिर कम्पनीले बझाङको जयपृथ्वी नगरपालिका स्थित जिल्ला अस्पतालको प्राङगणमा रक्तदान कार्यक्रमको आयोजना समेत गरेको थियो ।
प्रतिक्रिया 4