+
+

विद्युतीय गाडी किन्न ऋण दिनेसम्बन्धमा सिप्रदी र एभरेष्ट बैंकबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १२ गते १८:४६

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र एभरेष्ट बैंक लिमिटेडबीच ऋण दिने सम्बन्धमा सम्झौता भएको छ । टाटा मोटर्सको विद्युतीय गाडी खरिद गर्ने ग्राहकका लागि ८० प्रतिशतसम्म सवारी कर्जा उपलब्ध गराउने सम्बन्धमा सिप्रदी र बैंकबीद्ब सम्झौता भएको हो ।

नेपालका लागि टाटा मोटर्सले नेक्सन र टिगोर विद्युतीय गाडी बिक्री गर्दै आइरहेको छ ।

सम्झौता अनुसार टाटा मोटर्सबाट विद्युतीय सवारी साधन खरिद गर्न चाहने कुनै पनि व्यक्ति वा संस्थाले एभरेष्ट बैंकका सबै शाखाबाट १२.८ प्रतिशत ब्याजदरमा ७ वर्षसम्म सहज र किफायती कर्जा सुविधा पाउनेछन् । सवारी साधनको कुल लागतको ८० प्रतिशतसम्म एभरेस्ट बैंकले ऋण दिनेछ । नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन र निर्देशिका बमोजिम ऋण प्रवाह गर्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?