
काठमाडौं । सामसङले यसपालीको दशैंमा ल्याएको अफरको पुरस्कार वितरण गरेको छ । कम्पनीले ‘यो वर्षको दशैं उपहार डेली टिभी, ड्याम्मै कार’ अफर ल्याएको थियो । यो अफर २८ अगस्टदेखि ३० सेप्टेम्बरसम्म चलेको थियो । जसमा २६ जना विजेताले एक–एक नयाँ सामसङ टिभी जितेका छन् । एक विजेताले अफरको बम्पर पुरस्कारस्वरुप एक नयाँ कार जितेका छन् ।
अफरमा भाग लिन र लटरीको हिस्सा बन्न सामसङको ग्राहकले अफर अवधिभर कुनै पनि सामसङको आधिकारिक आउटलेट वा इकमर्स साइटबाट सामसङको कुनै पनि स्मार्टफोन वा ट्याब्लेट खरिद गर्नुपर्ने थियो । सो अवधि भर कम्पनीले फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी दैनिक विजेता घोषणा गर्ने गरेको कम्पनीले जनाएको छ ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले सामसङले ग्राहकका लागि वर्षैभर कुनै न कुनै अफर ल्याउने गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4