
१३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालिको निर्वाचन निर्वाचन जस्तै नभएको बताएका छन् ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको बधाई तथा शुभकामना आदान प्रदान गर्न आयोजना गरेको कार्यक्रममा उनले चुनावमा हुलदंगा गरेर र मान्छे मारेर नागरिकलाई मतदान गर्नबाट वञ्चित गरेको आरोप लगाए ।
ओलीले बाजुरामा विद्यार्थी मारिएको र हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्नेलाई प्रशासनले पक्रेको आरोप पनि लगाए ।
चुनावमा मान्छे मर्दा पनि नबोलेको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायको पनि आलोचना गरे ।
‘तपाईंहरुले एमाले पहिलो पार्टी भएन भन्नुभयो,’ ओलीले कार्यक्रममा भने, ‘तपाईँको गोजीमा भएको पैसा लुटेपछि तपाईँसँग कम भइहाल्छ नि, गठबन्धनले लुटेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4