१३ मंसिर, काठमाडौं। नेपाली भेट्रान खेलाडी उद्धाव थापा मगरले उमा (वर्ल्ड युनिफाइड मार्सल आर्ट्स) ब्रिटिस च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन् ।
युकेको ओर्चेस्टरमा भएको प्रतियोगितामा उद्धवले चाइनिज प्याटर्न फर्ममा स्वर्ण तथा वेपन प्याटर्न फर्ममा रजत जितेका हुन्र ।
उद्धवले ४५ वर्षमाथि उमेरसमूहमा सफलता हात पारेका हुन् ।
नेपाल उमा कुङफु संघका संस्थापक अध्यक्ष उद्धव हाल उमा कुङफुका सहायक मुख्य प्रशिक्षक हुन् । अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका उद्धव फाइट ब्याक सेल्फ डिफेन्स नेपालका प्रमुख प्रशिक्षक हुन् ।
प्रतिक्रिया 4