
काठमाडौं । वर्षमा एक दिन साथीभाइ, छिमेकी, आफन्तसँग घरबाट निस्किएर वनभोज जाने प्रचलन छ । कार्यव्यस्तताबाट केही समयका लागि विश्राम लिएर उन्मुक्त रमाउन कहाँ जाने त ?
काठमाडौं आसपासका केही रोज्जा गन्तव्य छन्, जहाँ वनभोज जान सकिन्छ ।
गोकर्ण पार्क, जगडोल
काठमाडौंबाट एकदमै नजिक रहेको रमणीय पिकनिक स्पट हो गोकर्ण पार्क । जोरपाटीबाट तीन किलोमिटरको दूरीमा हरेको यो पिकनिक स्पट ६५० रोपनीमा फैलिएको छ । ठूलो जंगल र वरपर घुम्नको लागि राम्रो वातावरण भएको यस पार्कमा पहिले नै यो स्थानमा पिकनिक आएको मान्छेलाई दोस्रो पटकमा केही छुटको पनि व्यवस्था छ ।
सुविधा
पार्किङ : पर्याप्त
खानेपानी : मूलको पानी
शौचालय : ४ वटा
पिकनिक शुल्क : खुल्लाको २३ सय, सेडको ३३ सय रुपैयाँ
सम्पर्क : ९८६०४६७५०१
स्वीट्जरल्याण्ड पार्क
चन्द्रागिरि नगरपालिकामा पर्ने स्वीट्जरल्याण्ड पार्क पनि नजिकै रहेको पार्क हो । अग्लो ठाउँमा जंगलको बीचमा रहेको यो पार्कमा अन्यत्रको तुलनामा बढी सुविधा र एउटै शुल्क रहेको व्यवस्थापन पक्षले जनाएको छ । कलंकीबाट आठ किलोमिटरको दूरीमा रहेको स्वीट्जरल्याण्ड पार्कबाट काठमाडौंको मनोरम दृश्य नियाल्न सकिन्छ ।
सुविधा
पार्किङ : सडक किनारमा
खानेपानी : पिउनको लागि किन्नुपर्ने, खाना पकाउन भाडाबाटै
शौचालय : ४ वटा महिला र ४ वटा पुरुषको लागि
पिकनिक शुल्क : सबै स्पटको लागि ३२ सय रुपैयाँ
सम्पर्क : ९८४९५९७८३३
घ्याम्पे डाँडा, रानीकोट भक्तपुर
कोटेश्वरबाट १४ किलोमिटरको दूरीमा रहेको यो घ्याम्पे डाँडा पिकनिक स्पट काठमाडौंबाट नजिकै पर्ने व्यस्त पिकनिक स्पटमध्येको एक हो । यहाँबाट काठमाडौं उपत्यकालाई एकदमै राम्ररी नियाल्न सकिन्छ । पिकनिक स्पटबाट १५ मिनेटको पैदलयात्रामा पाइलट बाबा आश्रम पनि पुग्न सकिन्छ ।
सुविधा
पार्किङ : पर्याप्त
पानी : खाना पकाउन र भाँडा माझ्नको लागि उपलब्ध, खानेपानी किन्नुपर्ने
शौचालय : एउटा मात्र
पिकनिक शुल्क : प्रतिस्पट १० हजार रुपैयाँ
सम्पर्क : ९८०८२२२०३८
त्रिभुवन पार्क
त्रिभुवन पार्कभित्र १५ वटा पिकनिक स्पट छन् । कलंकीबाट ६ किलोमिटरको दूरीमा रहेको यो ठाउँ त्रिभुवन राजपथसँगै पर्ने भएकाले आवतजावतमा सहज छ ।
सुविधा
पार्किङ : पर्याप्त
खानेपानी : खाना पकाउन निःशुल्क, पिउने पानी किन्नुपर्ने
शौचालय : हरेक स्पटका लागि छुट्टाछुट्टै
बिजुली : छ
पिकनिक शुल्क : मानिसको क्षमता अनुसार १ हजार ५०० रुपैयाँदेखि ३ हजार ५०० रुपैयाँसम्मका स्पट
सम्पर्क नम्बर : ९८२३७७८३३९
धुलिखेल
काठमाडौंको कोटेश्वरबाट २५ किलोमिटरको दूरीमा रहेको धुलिखेल पिकनिकका लागि व्यस्त स्थान हो । धुलिखेलको डाँडामा रहेको पिकनिक स्पटमा शुक्रबार र शनिबार मात्रै दैनिक औसत ३० समूह पिकनिकका लागि जान्छन् ।
सुविधा
पार्किङ : सडक किनारमा
खानेपानी : पिउनको लागि किन्नुपर्ने, खाना पकाउन उपलब्ध
शौचालय : स्पटैपिच्छे छैन, एकाध पाइन्छ
शुल्क : २ हजारदेखि ७ हजार रुपैयाँसम्म । २०–२५ जनाको लागि २ हजार र ३०० जनाको हाराहारीमा पिकनिक मनाउन आउनेलाई ७ हजार रुपैयाँसम्म लाग्ने
सम्पर्क : ९८१३०७४४९९
चोभार गल्छी
चोभार काठमाडौंको चक्रपथबाट सबैभन्दा कम दूरीमा रहेको पिकनिक स्पट हो । बल्खुबाट ४ किलोमिटरको दूरीमा रहेको यो क्षेत्रको पिकनिक स्पट मञ्जुश्री पार्क व्यवस्थापनले सञ्चालन गर्छ ।
सुविधा
पार्किङ : पर्याप्त
खानेपानी : पिउनको लागि किन्नुपर्ने, खाना पकाउन नपर्ने
शौचालय : २ वटा
शुल्क : २ हजार र ३ हजारको गरी दुई किसिमका स्पट
सम्पर्क : ०१४३३५९२५
सूर्यचौर, नुवाकोट
काठमाडौं नजिक रहेको अर्को रमणीय पिकनिक स्पट सूर्यचौर पनि हो । सामाखुसीबाट १६ किलोमिटरको दूरीमा रहेको यो पिकनिक स्पट नुवाकोट जिल्लामा पर्छ । सूर्यचौरबाट लाङटाङ, गणेश, मनास्लु, जुगल, हेलम्बु लगायत हिमालको दृश्य अवलोकन गर्न सकिन्छ । फराकिलो ठाउँ र शुल्क पनि अन्यन्त्रको तुलनामा कम भएकाले यहाँ पिकनिक आउनेहरुको संख्या बढ्दो छ ।
सुविधा
पार्किङ : पर्याप्त
खानेपानी : सुविधा छ
शौचालय : एउटा
पिकनिक शुल्क : १ हजारदेखि १ हजार ५०० रुपैयाँसम्म
सम्पर्क : ९८४२४५७७५१
गोदावरी
ललितपुरको गोदावरी पिकनिक जानेहरुका लागि रोजाइको गन्तव्य हो । सातदोबाटोबाट आठ किलोमिटरको दूरीमा रहेको यो गोदावरीमा शान्त र हरियाली वातावरणमा वनभोजको मज्जा लिन सकिन्छ । यहाँ धेरैवटा पिकनिक स्पट रहेका छन् ।
सुविधा
पार्किङ : सडकमा
खानेपानी : पिउने र खाना बनाउने पानीको सुविधा
शौचालय : अपर्याप्त (अधिकांशमा शौचालय नै छैन)
पिकनिक शुल्क : ३०० रुपैयाँदेखि ७०० रुपैयाँसम्म
सम्पर्क : ०१–५१७४१४६
नगरकोट
भक्तपुर र काभ्रेको सीमामा रहेको नगरकोट क्षेत्र पिकनिकका लागि रुचाइने अर्को गन्तव्य हो । स्वदेशी तथा विदेशी पर्यटकहरुको घुइँचो लागिरहने नगरकोटमा १० वटा पिकनिक स्पट छन् ।
सुविधा
पार्किङ : पर्याप्त
खानेपानी : सुविधा छ
शौचालय : २ वटा
शुल्क : ३ हजारदेखि ५ हजार रुपैयाँसम्म
प्रतिक्रिया 4