
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) द्वारा सञ्चालित स्मार्ट क्यूआरमा आबद्ध मर्चेन्टहरूलाई एम डबली मार्फत भुक्तानी गर्न सकिने भएको छ ।
इन्फो डेभलपरद्वारा सञ्चालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैकिङ सेवा हो । हाल १ सय ७० भन्दा धेरै सहकारीमा सञ्चालनमा ल्याइएको एम डबलीमा स्मार्ट क्यूआर सेवा सुरु गरिएको हो । हाल आर्जन बचत तथा ऋण सहकारीका एम डबली प्रयोगकर्ताले यो सुविधा लिन सक्नेछन भने छिट्टै नै अरू सदस्य सहकारीहरूमा पनि यो सेवा विस्तार गरिने योजना रहेको इन्फो डेभलपरका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले जानकारी दिए ।
भाट–भटेनी सुपर मार्केट, बीग मार्ट, एक्सप्रेस मार्ट, किराना, बीग डिजिटल लगाएतका १ लाख ६० हजारभन्दा धेरै मर्चेन्टहरु आवद्ध स्मार्ट क्यूआर नेटवर्कमा हालसम्म बैंक तथा वालेटहरु मात्र आवद्ध रही आएकोमा अबदेखि एम डबली मार्फत सहकारीका सदस्यहरुले पनि यो सुविधा मार्फत लाभ लिन सक्ने कुराले आफूहरु उत्साहित भएको एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले जानकारी दिए ।
यो सेवा सञ्चालन गर्नका लागि इच्छुक सहकारीहरूले स्मार्टच्वाइस टेक्नोलोजिज वा इन्फो डेभलपरमा सिधै सम्पर्क गरी विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया 4