
१४ मंसिर, काठमाडौं । बैंकिङ प्रणालीमा तरलता व्यवस्थान गर्न नेपाल राष्ट्र बैंकले २० अर्ब तरलता पठाउने भएको छ । १५ मंसिर बिहीबार रिपो मार्फत १४ दिनका लागि २० अर्ब तरलता पठाउन लागिएको केन्द्रीय बैंकले जनाएको छ ।
उक्त रिपोका लागि बैंक तथा वित्तीय संस्थाले बोलपत्र पेश गर्न गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता कमी हुँदा रिपोमार्फत तरलता पठाउँदा भने अधिक तरलता हुँदा रिभर्स रिपो मार्फत तरलता प्रशोचन गर्छ ।
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण् ‘रिपो’ हो । यस्तै बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण ‘रिभर्स रिपो’ हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4