+

विश्वकप १९९८ : जिदानको प्रेरणामा फ्रान्सलाई पहिलो उपाधि

२०७९ मंसिर  १७ गते १७:२० २०७९ मंसिर १७ गते १७:२०
विश्वकप १९९८ : जिदानको प्रेरणामा फ्रान्सलाई पहिलो उपाधि

१७ मंसिर, काठमाडौं । सन् १९३८ पछि दोस्रोपल्ट फ्रान्सले आयोजना अधिकार पाएको विश्वकप सन् १९९८ कै हो । यो विश्वकप अहिलेसम्मकै लामो ३२ दिनसम्म सञ्चालन भएको थियो ।

विश्व फुटबल महासंघ (फिफा)ले विश्वकपमा सहभागी देशको संख्या २४ बाट बढाएर ३२ पुर्याएपछि १७४ सदस्य राष्ट्रबीचको छनोट प्रतिस्पर्धामार्फत फाइनल प्रतियोगिताका लागि टिम निर्धारण गरियो ।

विश्वकपको पहुँच विस्तार भएको संकेतस्वरुप चार महादेशका चार देशले यस विश्वकपमा डेब्यू गरे । क्रोएसिया, जमैका, जापान र दक्षिण अमेरिकाले आफ्नो पहिलो विश्वकप खेल्दा पोर्चुगल, स्वीडेन, चेक रिपब्लिक र उरुग्वे छनोट हुन असफल रहे ।

सन् १९९४ मा ब्राजिललाई विश्वकप जिताएका नायकहरुको बहिर्गमनपछि ब्राजिलले एक प्रतिभाशाली स्ट्राइकर रोनाल्डोको पहिचान गरेको थियो ।

ब्राजिललाई फाइनलसम्म पुर्‍याउने क्रममा यी २१ वर्षीय खेलाडीले ४ गोल र ५ असिस्ट गरेका थिए । युवा फुटबल समर्थकमाझ ‘पोस्टर ब्वाइ’को छवि बनाएका रोनाल्डो आफ्नो पहिलो विश्वकप उपाधितर्फ अग्रसर थिए ।

तर, फाइनल खेलका लागि ब्राजिलले सार्वजनिक गरेको टिम लिष्टमा रोनाल्डोको नाम थिए । यो समाचार संसारभरका फुटबल समर्थकका लागि अप्रत्यासित थियो । सुरुमा रोनाल्डोलाई नराख्नुमा पछिल्लो खेलको प्रदर्शनलाई कारण देखाइएको थियो । तर, पछि थाहा भयो उनी विरामी परेका थिए ।

प्रतियोगिताको मुख्य उतारचडावका रुपमा ब्राजिलमाथि नर्वेको २–१ को जित तथा स्पेनमाथि नाइजेरियाको ३–२ गोलको जित थियो । प्रतिभाशाली डाभोर सुकरको नेतृत्वमा रहेको क्रोएसियाले आफ्नो पहिलो विश्वकपमै रोमानियामाथि १–० तथा तीनपल्टको विश्वविजेता जर्मनीमाथि ३–० को जितसँगै सेमिफाइनलमा स्थान बनायो । आयोजक फ्रान्ससँग हारेपछि उनीहरु फाइनल पुग्न सकेनन् ।

फ्रान्स आफ्ना सुपरस्टार जिनेदिन जिदानसहित अन्य प्रतिभाशाली खेलाडीहरुसँग आफ्नो सफलताको मार्गमा थियो । जिदानले फाइनलमा दुई गोल गरेका थिए । तेस्रो गोल इम्यानुएल पेटिटले गरेका थिए । योसँगै उनीहरुले घरमै पहिलो विश्वकप उपाधि जित्न सफल रहे ।

रंगभेदी नियमका कारण वर्षौंसम्म कालोसूचीमा राखिएको दक्षिण अफ्रिकालाई यसपल्ट विश्वकपमा अवसर दिइएको थियो ।

यो विश्वकपमा आक्रामक खेललाई प्रोत्साहित गर्न अतिरिक्र समयमा गोल्डेन गोलको नियम ल्याइएको थियो । यसको अर्थ, बराबरीपछि अतिरिक्त समयमा जुन टिमले गोल गरे पनि खेल समाप्त हुन्थ्यो ।

राजनीतिक तनावका बाबजुद इरान र अमेरिकाले एकअर्काप्रति सम्मान व्यक्त गरे । उनीहरुले एकअर्कालाई अंगालो हालेर सामुहिक तस्वीर खिचाएका थिए ।

इंग्ल्याण्डका माइकल ओभेनले विश्वकपमा एक आश्चर्यजनक गोल गरे । अन्तिम १६ चरणमा अर्जेन्टिनाविरुद्ध आभेनले रक्षापंक्तिका चार खेलाडीलाई छक्याउँदै गरेको गोल सन् १९८६ मा म्याराडोनाले इंग्ल्याण्डमाथि गरेको गोलसँग तुलना गरिएको थियो ।

रिक्की मार्टिनले गाएको विश्वकपको आधिकारिक गीत ‘द कप अफ लाइफ’ले विश्वभरबाट प्रशंशा पाएको थियो । जसलाई त्यतिबेलासम्म विश्वकपको सर्वोत्कृष्ट गीत मानिएको थियो ।

प्रतियोगिताको केहि महिनाअघि फिफाबाट स्वीकृति पाएपछि ईए स्पोर्टसले आफ्नो पहिलो फिफा गेम विश्वकप–९८ सार्वजनिक गरेको थियो । भिडियो गेमका समर्थकमाझ यो निकै चर्चित बनेको थियो ।

साउदी अरव र दक्षिण कोरियाले समूह चरणमा लगातार दुई खेल हारेपछि आफ्ना प्रशिक्षकलाई बर्खास्त गरेका थिए ।

तथ्यांकमा विश्वकप १९९८

आयोजकः फ्रान्स
टिमः ३२
फर्म्याटः समूह चरण, नकआउट
खेलः ६४
गोलः १७१
विजेताः फ्रान्स
उपविजेताः ब्राजिल
गोल्डेन बुटः डाभोर सुकर (क्रोएसिया)

फिफा विश्वकप फ्रान्स विश्वकप इतिहास
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय